काठमाडौं : अनेरास्ववियुको नयाँ नेतृत्व चयनका लागि कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट डा.सुजन कडरिया अध्यक्षमा निर्वाचित भएका छन्। प्रतिस्पर्धी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरियाले अध्यक्ष पद जितेका हुन्।
विद्युतीय मतदानमार्फत सम्पन्न निर्वाचनमा कडरियाले ७३२ मत प्राप्त गरे भने पौडेलले ७२५ मत प्राप्त गरे।
महासचिव पदमा पनि कडरियाको प्यानलका उम्मेदवार दीपक धामी विजयी भएका छन्। धामीले पौडेल प्यानलका उम्मेदवार आरके रोमसलाई पराजित गरेका हुन्।
प्रतिक्रिया