प्रधानमन्त्री देउवाले अभिभावकत्व ग्रहण गर्दै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ -महामन्त्री शर्मा

मंगलबार, २० मंसिर २०७९
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिक रूपान्तरणका लागि देशको नेतृत्व युवाले गर्नुपर्ने बताएका छन् । जनचाहना बुझेर अघि बढ्नु पर्ने बताउँदै झापा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य शर्माले अवसर र प्रधानमन्त्री पटकपटक आफैँले पाउनुपर्छ भन्ने प्रवृत्ति ठिक नभएको बताएका हुन् । उनले उक्त प्रवृत्तिको विपक्षमा आफू रहेको स्पष्ट पारेका छन् । झापाको धुलाबारीमा आयोजित अर्जुनदृष्टि अभियानको आभार समारोहमा बोल्दै शर्माले अहिले पदका लागि आफ्नो कुनै दाबी नरहेको स्पष्ट पारेका छन् । ‘‘अहिले मलाई कुनै मन्त्री वा केही पदको लोभ छैन, एकदिन प्रधानमन्त्री बनेर यस क्षेत्रले गर्व गर्ने अवस्था सिर्जना गर्छु’’, शर्माले भने। अहिले पनि धेरैले मलाई मन्त्री बन्नका लागि प्रस्ताव तथा जिज्ञासा राखेको भन्दै शर्मा तत्काल आफु कुनै पनि पदको दावेदारी गर्ने पक्षमा नरहेको उल्लेख गरेका छन् । शर्माले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अब अभिभावकत्व ग्रहण गर्दै नयाँ पुस्तालाई सरकारको नेतृत्व हस्तान्तरण गर्नेमा आफू आशावादी रहेको बताएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार