एनएमबि बैंकद्वारा माथिल्लो मैवा जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

सोमबार, ०२ असार २०८२

काठमाडौं : एनएमबि बैंक लिमिटेड र काङ हाइड्रोपावर कम्पनी लिमिटेडबीच १७।८५ मेगावाट क्षमताको ताप्लेजुङ जिल्लाको मैवाखोला तथा मेरिङदेन गाउँपालिकामा अवस्थित माथिल्लो मैवाखोला जलविद्युत आयोजनामा ऋण लगानी तथा वित्तीय व्यवस्थापनको सम्झौता भएको छ।

एनएमबि बैंकको तर्फबाट दिनेश दुलाल, प्रमुख, सस्टेनेबल ईनर्जी बैंकिङ, र काङ हाइड्रोपावर कम्पनीको तर्फबाट प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले उक्त ऋण सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । हस्ताक्षरपछि एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरे र कम्पनीका प्रबन्ध निर्देशक सुब्बाले ऋण सम्झौतापत्र आदानप्रदान गरेका हुन् ।

कार्यक्रममा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत घिमिरेले आयोजनालाई तोकिएको लागत र समयसीमा भित्र सम्पन्न गर्न प्राविधिक, वातावरणीय र सामाजिक पक्षहरूलाई ध्यानमा राख्दै उचित समाधान खोजेर अगाडि बढ्न कम्पनीलाई अनुरोध गरेका छन् ।

हाइड्रोपावरका प्रबन्ध निर्देशक गणेश प्रसाद सुब्बाले बैंकलाई धन्यवाद ज्ञापन गर्दै आयोजनालाई तोकिएको लागत र समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

एनएमबि बैंकले अहिलेसम्म ५० भन्दा बढी जलविद्युत आयोजनामा लगानी गरिसकेको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार, बैंकले वातावरणीय तथा सामाजिक नीति तयार गरी आयोजनाको पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन गर्न पर्यावरण तथा सामाजिक व्यवस्थापन प्रणाली लागू गरिसकेको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार