इटहरी : सीएनआई वाईईएफ कोशी प्रदेशले नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्न स्थापना गरेको इनक्युबेशन सेन्टरको उद्घाटन नेपाल सरकारका पूर्व रक्षामन्त्री हरि उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ।
कार्यक्रममा सीएनआई कोशी प्रदेश अध्यक्ष पवन सारडा, संस्थापक अध्यक्ष तथा सीएनआई केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, सीएनआईवाईईएफ कोशी अध्यक्ष मुनन रिजालसहित कार्यसमिति सदस्य तथा विभिन्न उद्योगी–व्यवसायीहरूको उपस्थिति थियो।
कार्यक्रमका प्रमुख अतिथि उप्रेतीले युवाहरूको उद्यमशील सोचलाई संस्थागत गर्न इनक्युबेशन सेन्टरको भूमिका महत्त्वपूर्ण हुने धारणा व्यक्त गर्दै भने, “स्वदेशमै रोजगारीको वातावरण बनाउन र अवसर सिर्जनाका लागि यस्ता केन्द्रहरू अपरिहार्य छन्।”
नवप्रवर्तनमा आधारित उद्यम गर्न चाहने युवाहरूमाझ आवश्यक तालिम, सल्लाह, नेटवर्किङ, सहकार्यको प्लेटफर्म, र सुरुआती सहयोग उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको यो केन्द्र सीएनआईवाईईएफ कोशी प्रदेशको नेतृत्वमा सञ्चालनमा आएको हो।
यस केन्द्रले प्रदेशभरिका युवा उद्यमीहरूलाई एकीकृत, सक्षम र प्रतिस्पर्धी बनाउने लक्ष्य राखेको छ।
प्रतिक्रिया