त्रिकोणात्मक टी–२० सिरिज: नेदरल्याण्डसले नेपाललाई दियो १५३ रनको लक्ष्य

सोमबार, ०२ असार २०८२

इटहरी डेक्स : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत आजको खेलमा नेदरल्याण्डसले नेपाललाई जितका लागि १५३ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङ गरेको नेदरल्याण्डसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५२ रन बनाएको हो।

नेदरल्याण्डसका लागि तेजा निदामनुरुले  ३५ रन बनाए भने विक्रमजित सिंगले ३०, सकिब जुल्फिकरले २५, माइकल लेभिटले २०, म्याक ओ डोउडले १९ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादवले २ विकेट लिए । त्यसै गरी ललित राजबंशी र कुशल भुर्तेलले एक एक विकेट लिएका थिए ।

अब नेपालले जीतका लागि १५३ रन बनाउनुपर्नेछ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार