सुर्य थापाको रास्वपाप्रति कटाक्ष- एक दिनभरि उभिएर नारा लगाउन पनि नसक्ने 'बोइलर' हरू !

मंगलबार, ०३ असार २०८२

काठमाडौँ । नेकपा एमालेका सांसद सुर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदलाई 'बोइलर' को संज्ञा दिएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद थापाले एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुँईंमा निदाउनु पर्ने भन्दै रास्वपा सांसदहरुलाई 'बोइलर' को संज्ञा दिएका हुन् । उनले एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुँईंमा निदाउनु पर्ने 'बोइलर' हरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर ? भन्दै प्रश्न गरेका छन् ।

थापाले प्रचण्डलाई समेत कटाक्ष गर्दै दुई बुँदे सहमतिपछि छ-सात महिनादेखि पलाएको पखेटा काटिएजस्तै भएको टिप्पणी गरेका छन् ।

उनले भनेका छन्- 

दुई बुँदे सहमतिपछि पुष्पकमल दाहालप्रचण्डको विगत छ/सात महिनादेखि पलाएको पखेटा काटिएजस्तै भएको छ ।'म त असाध्यै लोकप्रिय भएँको छु' भन्दै हुलाकी र मध्यपहाडी लोकमार्ग घुमफिर गर्दा गरेको दु:ख पनि धुलिसाते नै भयो । आफैलाई हेर्दै मुस्कुराउँदै दंग पर्दै गरेको ऐना पनि झर्यामझुरूम भयो, फेरि हेरेर हाँस्न र रून नमिल्ने गरी ! माओवादी केन्द्रकै नेता/कार्यकर्ताले आजकल नेतृत्वको श्रद्धा होइन,श्राद्ध पो गरिरहेका  छन् । अनि, २०८४ मा बहुमत नै आउने त भयो, होइन ? ! तर २७५ को बहुमत १३८ होइन, ३२ को बहुमत १७ सम्म ???, १७ को बहुमत ९ त आउला भनेर कामना गरौं ।

जुनसुकै राजनीतिक पार्टीको गलत माग र जबर्जस्तीको परिणाम अन्तत: संझौता गर्दासमेत प्रचण्डको जस्तो र अझ अघि बढ्दा त झन् रास्वपाको संसद बैठकभित्र जारी पलेंटी कसेजस्तो त हुने रहेछ । एक दिनभरि उभिएर नारा लगाउन पनि नसकी थचक्क बस्नुपर्ने र भुँईंमा निदाउनु पर्ने 'बोइलर' हरूले के तमासा गर्नु बजेट छलफललाई अवरोध गरेर ? त्यसै रत्नपार्क, कलंकी र पोखराको चिप्लेढुंगामा नाराजुलुस गरेजस्तो नगरी कुर्सीमा बस्नुस् भनिएको होइन नि!

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार