धरान : विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा नियुक्ति नपाएपछि डा.रामेश कोइरालासँग सम्बन्धित केही दुष्प्रचार फैलिन थालेकोप्रति नेपाली काँग्रेसका नेता तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले कडा आपत्ति जनाएका छन्।
विश्वकर्माले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रस्ट पारेका छन् कि,डा.रामेशले विदेश जाने निर्णय व्यक्तिगत कारणले गरेका हुन्, उपकुलपतिमा नियुक्ति नपाएको कारणले होइन।
उनले भने, “उपकुलपतिमा नपाएको आधारमा दुष्प्रचार फैलाउने वा देश छोड्ने प्रवृत्ति देशभक्तिको मूल्यमा प्रश्न उठाउँछ।”
विश्वकर्माका अनुसार, डा.रामेश कोइराला २५ वर्षदेखि गङ्गालाल हृदय रोग केन्द्रमा विभाग प्रमुखका रूपमा काम गर्दै आएका छन् भने डा.विक्रम श्रेष्ठ २५ वर्षदेखि विपी प्रतिष्ठानमा नशा तथा हार्डजोर्नी विशेषज्ञका रूपमा सेवा दिँदै आएका छन्।
दुवै डाक्टर फरक विधाका योग्य र समकक्षी व्यक्तित्वका धनी हुन्।
उपकुलपतिका लागि १५ जना डाक्टरले आवेदन दिएका थिए। मन्त्रालयले योग्यता, अनुभव र समावेशितालाई ध्यानमा राख्दै तीन जनाको नाम सिफारिस गर्यो र अन्ततः योग्य, दक्ष र शालीन व्यक्तिलाई उपकुलपति नियुक्त गर्ने निर्णय गरिएको विश्वकर्माले बताए।
उहाँले थपे, “धेरै पटक बाहिरी व्यक्तिले प्रतिष्ठानको उपकुलपति भए पनि धरानका योग्य समाजसेवी डाक्टरहरू बिना प्रतिक्रिया सेवा गर्न तल्लीन रहिरहन्छन्। यसपटक न्यायसङ्गत निर्णय भएको छ र धरानवासीले पनि खुसी व्यक्त गरेका छन्।”
विश्वकर्माले अन्त्यमा जोड दिए, “सरकारको निर्णय सही छ र प्रतिष्ठान धरानवासीको मिलनबाट सफलतापूर्वक अगाडि बढ्नेछ।”
विश्वकर्माले लेखेको ११ बुँदे स्ट्याटस
१. विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भिसी नियुक्त हुन नपाएका डा. रामेस कोइराला २५ बर्ष देखि गङ्गालाल हृदय रोग केन्द्रमा भाष्कुलर विभाग प्रमुख भई हाल काम गरिरहेका थिए भने भिसी नियुक्त भएका प्रा डा विक्रम श्रेष्ठ २५ वर्ष देखि नै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको नशा तथा हार्डजोर्नी विशेषज्ञको रूपमा विभागीय प्रमुख भई काम गरिरहेका व्यक्ति हुन !
२. यी दुवै डा. फरक विधाका समकक्षी योग्यताका व्यक्ति हुन !
३. डा. विक्रम घरानका स्थानीय हुन तर कयौँ पटक भिसी नियुक्तिको प्रक्रियामा चाहानै नराख्ने शालीन र योग्य व्यक्ति हुन ! यसपटक उनको चाहाना भन्दा पनि धराने जनताको दबाबमा आवेदन गरेका थिए !
४. जम्मा ४ वटा प्रतिष्ठानका लागि ५५ जना डाक्टरको आवेदन परेको थियो भने विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १५ जना डाक्टरको आवेदन परेको थियो ! त्यसमा त्यही कार्यरत प्रा.डा विक्रम श्रेष्ठ सहित अन्यत्र कार्यरत डा. रोहित यादव र डा. रामेस कोइरालाको गरी योग्यता र समावेशिताको आधारमा मन्त्रालयले तीन जनाको नाम सिफारिस गर्यो !
५. त्यस मध्ये आफ्नो विधामा २५ वर्ष देखि सोही प्रतिष्ठानमा अध्यापन र स्वास्थ्य सेवा प्रदान गरिरहेका योग्य दक्ष र शालीन स्वभावका व्यक्तिलाई नियुक्त गर्ने निर्णय गर्यो ! धरानवासीले ऐतिहासिक खुशी व्यक्त गर्दै उचित र निष्पक्ष निर्णयका लागि नेपाल सरकार एवं स्वास्थ्य मन्त्रीलाई धन्यवाद ज्ञापन गरेका छन ! पटक पटक सोही प्रतिष्ठानमा बाहिरका डा.विक्रम भन्दा जुनियर व्यक्ति भिसी भएर जाँदा पनि विना प्रतिक्रिया आफ्नो सेवामा तल्लीन रहेका धरानका समाजसेवी डाक्टर हुन विक्रम श्रेष्ठ !
६. अव कुरा आयो डा. रामेश को सट्टा समकक्षी अर्थात् प्रतिस्पर्धी मध्येकै अर्को व्यक्ति नियुक्त हुँदा अनियमितता र चलखेल भएको होइन बरु ऊहहरूले गरिरहेको व्यापक चलखेल रोकेर धरानका नेताहरूले डा. विक्रमलाई न्याय गरेको सत्य हो !
७. कुरा रह्यो देश छोड्ने धम्की - मानौँ भिसी नभएर देश छोडेको रे यो त कुनै एक दलबाट चुनावमा टिकट नपाउँदा अर्को दलमा जाने डाक्टरको प्रवृत्ति र ऊनले लगाएको आरोप जस्तो भएन र ?
८. अर्को कुरा उनले लगाएको आरोप सही मान्ने हो भने त्यो योग्यता भएका उनी मात्रै हुन ? होइन भने भिसी हुन नपाएका जति सबैले देश छोड्ने भाष्यलाई किन प्रोपोगाण्डा वनाईदैछ ?
९. चाहेको उच्च पद नपाउनसाथ कसैले पार्टी र कसैले देश छोड्ने हो भने देश भक्तिको मानक के हो ?
१०. भिसी पद नपाएकै झोकमा एकाबिहानै अमेरिकी दूतावासले पी आर सहितको भिसा दिन्छ ? कि पी आर पहिल्यै थियो ?
११. मिडियाले यस्ता विषय खोज्ने हो की ? जे कुरामा पनि नकारात्मक सन्देश मात्रै सम्प्रेषण गर्ने ? सरकारले ठिक निर्णय गरेको छ ! अव विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सबै धराने मिलेर सपारौँ ! जय नेपाल !!
प्रतिक्रिया