इटहरीमा मोटरसाइकल दुर्घटना, चालकको अवस्था गम्भीर

आइतबार, ०१ भदौ २०८२

इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–१७ ललितपुरस्थित पूर्व–पश्चिम राजमार्गमा शनिवार राति मोटरसाइकल दुर्घटना हुँदा एक युवक गम्भीर घाइते भएका छन्।

शनिवार राति करिब ९:३० बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको नम्बर नखुलेको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो।

दुर्घटनामा इटहरी–६ बस्ने ३० वर्षीय राजेश केसी गम्भीर घाइते भएका जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घाइते केसीलाई प्रारम्भिक उपचारपछि विराटनगरस्थित विराट टिचिङ अस्पतालमा भर्ना गरिएको छ। हाल उनी आइसियुमा उपचाररत छन्।

दुर्घटनापछि मोटरसाइकल आफन्तले घरमा लगेको बुझिएको र घटनास्थल इटहरी उपमहानगरपालिका–१७ को ललितपुरस्थित राजमार्ग हो, जुन पकली प्रहरी चौकीबाट करिब ३ किलोमिटर पूर्व पर्छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार