सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बाह्रबिसे–तातोपानी सडकखण्डअन्तर्गत भोटेकोसी गाउँपालिका–४ चारकिलोमा मोटरसाइकल दुर्घटना हुँदा एक जना अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक माधवराज खरेलका अनुसार शनिबार बा ८९ प ९७३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा अष्ट्रेलियाली नागरिक ७१ वर्षीय पेटर ज्याक्सन र ६८ वर्षीया जनेट ज्याक्सन घाइते भएका थिए।
दुवै जनालाई धुलिखेल अस्पतालको शाखा हिन्दी अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित नर्भिक अस्पताल लगिएको थियो। उपचारकै क्रममा शनिबार दिउँसो जनेटको मृत्यु भएको नर्भिक अस्पताल प्रशासनले जनाएको छ।
मोटरसाइकल चालक पेटर ज्याक्सनलाई भने नर्भिक अस्पतालको आईसीयूमा भर्ना गराई उपचार भइरहेको छ।
प्रतिक्रिया