बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुई नेपालीको मृत्यु

विहीबार, १६ असोज २०८२

काठमाडौँ : बेलायतको अल्डरसटमा कारको ठक्करबाट दुई जना वृद्ध नेपाली पैदलयात्रीको निधन भएको छ।

फ्लीट रोडमा बुधबार बिहान करिब ६:३० बजे निलो स्कोडा कारले ठक्कर दिँदा ७६ र ७७ वर्षीय दुई नेपाली पैदलयात्रीको घटनास्थलमै मृत्यु भएको ह्याम्पसायर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, मादक पदार्थ वा लागूऔषध सेवन गरी लापरबाहीपूर्वक सवारी चलाएर दुर्घटना गराएको आरोपमा कार चालक वकिङहाम निवासी ६६ वर्षीय पुरुषलाई पक्राउ गरिएको छ।

ह्याम्पसायर प्रहरीले घटनाको थप अनुसन्धान गर्दै प्रत्यक्षदर्शीलाई जानकारी दिन अपिल गरेको छ। साथै, दुर्घटनास्थल वरिपरिका सिसिटिभी वा ड्यासक्याम फुटेज उपलब्ध गराउन पनि प्रहरीले विशेष अनुरोध गरेको छ।

दशैंको समयमा भएको यस दुःखद घटनाले बेलायतस्थित नेपाली समुदायलाई स्तब्ध पारेको छ। अल्डरसट बेलायतमा नेपाली जनसङ्ख्या रहेको सबैभन्दा ठूलो शहर हो।

तमुधिं युकेका महासचिव डा. विशाल गुरुङले घटनाप्रति दुःख व्यक्त गर्दै, प्रहरी अनुसन्धानमा सहयोग गर्न स्थानीय समुदायसँग अनुरोध गरेका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार