रामधुनीमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको मृत्यु, तीन घाइते

आइतबार, ०१ भदौ २०८२

इटहरी । सुनसरीको रामधुनी नगरपालिका–८ डुम्राहास्थित भित्री पक्की सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार बिहान करिब ३ः३० बजेतिर इनरुवाबाट डुम्राहातर्फ जाँदै गरेको को ३८ प १६३६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा रामधुनी–८ का २१ वर्षीय आनन्द सिंह खवासको उपचारका क्रममा मृत्यु भएको हो। उनको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल विराटनगर पठाइएको छ। त्यस्तै मोटरसाइकल चालक २२ वर्षीय मुकेश साह, २० वर्षीय दीपनारायण चौधरी र २८ वर्षीय अभिषेक सिंह घाइते भएका छन्। उनीहरूको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ।

दुर्घटनामा संलग्न मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकलमा चार जना सवार भएकाले ट्राफिक नियम उल्लंघन भएको र अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार