मोरङको उर्लाबारीबाट कारमा ल्याइएको ठूलो मात्रामा लागुऔषध बरामद, ३ जना पक्राउ

सोमबार, ०२ भदौ २०८२

विराटनगर : मोरङको उर्लाबारीबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गर्दै ३ जनालाई पक्राउ गरेको छ । कारमा लागुऔषध ओसारपसार गरिरहेका उनीहरूलाई आइतबार राति उर्लाबारी–९ आमबारी नजिक नियन्त्रणमा लिइएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार पक्राउ पर्नेमा झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङ छन् । उनीहरूलाई गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रञ्जन बराल नेतृत्वको प्रहरी टोलीले राति करिब ११ बजेतिर पक्राउ गरेको हो ।

प्रहरीले दुर्गापुरी–उर्लाबारी सडक खण्डमा बा ३ च ७९८१ नम्बरको कार रोकेर खानतलासी गर्दा सीटभित्र ग्यालिनमा भरेको करिब ५ लिटर कोरेक्सजस्तो देखिने पदार्थ र नाइट्राभेट १० पत्ता ९१ सय ५० ट्याब्लेट० बरामद गरेको छ । प्रहरीले सो कारसँगै आएको बा ७८ प ४०९८ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ । पक्राउ परेकामध्ये कार चालक ओझा र मोटरसाइकल चालक सेन्दाङ रहेको प्रहरीको भनाइ छ ।

पक्राउ परेकाहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीमा राखेर अनुसन्धान सुरु गरिएको छ । उनीहरूमाथि लागुऔषध ऐनअन्तर्गत मुद्दा दर्ता गर्ने तयारी प्रहरीले गरेको छ । प्रहरी स्रोतका अनुसार उनीहरू लामो समयदेखि लागुऔषध कारोबारमा संलग्न रहेको आशङ्का गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार