विपिन जोशीको शव आइतबार नेपाल ल्याइने

शुक्रबार, ३१ असोज २०८२

काठमाडौं : विपिन जोशीको शव आइतबार नेपाल ल्याइने भएको छ ।  

इजरायलको बेन गुरियन विमानस्थलमा आइतबार विपिनको सम्झनामा औपचारिक समारोह आयोजना गरी सोही दिन नेपाल पठाइने तयारी गरिएको छ ।  

इजरायली विदेश मन्त्रालयका अनुसार सो समारोहपछि विपिनको शव नेपाल पठाइने व्यवस्था मिलाइएको छ ।  

एसजीओटी जीभ लाभान्वित केन्द्रका प्रतिनिधिहरूले विपिनको सम्झना सधैं आफ्नो हृदयमा रहने बताएका छन् । ती अधिकारीहरूले उनको साहस, परिश्रम र आत्माको कदर कहिल्यै बिर्सिन नसकिने समेत बताएका छन्।

उनी अध्ययनको क्रममा दक्षिण इजरायलको एक किब्बुजमा रहेका थिए। युद्ध सुरु भएको दिन अपहरणमा परेका उनलाई दुई वर्षपछि मृत घोषणा गरिएको थियो।

इजरायलमा विपिनको शव आइसकेपछि औपचारिक सम्झना गरी शव नेपाल पठाउन लागिएको हो। 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार