चितवन : नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत गाईघाट क्षेत्रमा शनिवार बिहान करिब ७ बजेतिर सातवटा सवारीसाधन आपसमा ठोक्किएका छन्।
प्रत्यक्षदर्शीका अनुसार, एक ट्रकले अचानक ब्रेक लगाउँदा पछाडिबाट आएका अन्य सवारीसाधनहरू एकपछि अर्को ठोक्किँदा दुर्घटना भएको हो।
ठोक्किएका सवारीमध्ये मालवाहक ट्रक, यात्रुवाहक बस, माइक्रोबस र केही निजी कार रहेका छन्।
घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेर उद्धार कार्य सुरु गरेको प्रहरीले जनाएको छ। प्रारम्भिक जानकारी अनुसार केही यात्रुहरू सामान्य घाइते भएका छन् भने घाइतेको अवस्था र सङ्ख्या सम्बन्धी विवरण सङ्कलन भइरहेको छ।
प्रहरीले दुर्घटनामा घाइते भएकाहरूको उद्धार कार्य जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
प्रतिक्रिया