विराटनगर : बिरयानी पारखीहरूका लागि खुसीको खबर छ। काठमाडौँमा लोकप्रिय बनेको ‘बिरयानी अड्डा’ ले आफ्नो छैटौँ शाखा विराटनगरको महेन्द्र चोकमा सञ्चालनमा ल्याएको छ। उपत्यका बाहिर पहिलो पटक विस्तार गरिएको यो आउटलेट बिहीबारदेखि सेवा प्रदान गर्न थालेको हो।
शाखाको औपचारिक उद्घाटन युवा उद्यमी तथा उद्योग सङ्गठन मोरङका सदस्य प्रतीक राउतले एक समारोहबिच गरेका हुन्। उनले उद्घाटन समारोहमा शुभकामना दिँदै भने, 'विराटनगरवासी मात्र नभई सीमावर्ती भारतीय बजारका ग्राहकहरूले पनि नयाँ स्वादको अनुभव लिन सक्नेछन्'।
‘बिरयानी अड्डा’ का निर्देशक सविन पाण्डेका अनुसार, यो छैटौँ आउटलेट हो भने उपत्यका बाहिरको पहिलो शाखा हो। उनले भने, “२०७६ सालदेखि काठमाडौँमा सेवा सुरु गरेका हामी अहिले छैटौँ वर्षमा प्रवेश गर्दैछौँ। ललितपुर, भक्तपुरसहित उपत्यकाका पाँच स्थानमा आउटलेट छन्। अहिले उपत्यकाबाहिरको मागलाई ध्यानमा राख्दै विराटनगरमा सेवा विस्तार गरेका हौँ।”
विराटनगरमा शाखा खोल्ने पहल मोनिका निशाले गरेकी हुन्। पाण्डेले ग्राहकको व्यापक मागअनुसार ‘बिरयानी अड्डा’ लाई काठमाडौँ बाहिर विस्तार गरेको बताए। उपत्यकामा स्वाद लिएर सन्तुष्ट भएका ग्राहकले अब आफ्नै सहरमा त्यो स्वाद पाउनेछन्,' उनले थपे।
उद्घाटनको अवसरमा ‘बिरयानी अड्डा’ले ग्राहकहरूलाई विभिन्न आकर्षक अफरहरू पनि उपलब्ध गराएको छ। यहाँ विभिन्न प्रकारका बिरयानी मात्र नभई पिज्जा, तन्दुरी र अन्य स्वादिला परिकारहरू पाइनेछन्। साथै, लाइभ म्युजिकको समेत व्यवस्था रहेको छ, जसले खानासँगै मनोरञ्जनको पनि मज्जा दिनेछ।
उद्यमशीलता र स्वादको संयोजन गर्दै विराटनगरमा ‘बिरयानी अड्डा’ले स्थानीय बजारमा नयाँ स्वादको अनुभव ल्याउने विश्वास गरिएको छ। ग्राहकको रोजाइमा परिरहेको बिरयानी अड्डाले पूर्वी नेपालमा आफ्नो उपस्थिति बलियो बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया