सिराहामा प्रेमिकाको छुरा प्रहारबाट प्रेमी सख्त घाइते

विहीबार, ०५ असार २०८२
साङ्केतिक तस्बिर

सिरहा : सिरहाको गोलबजारमा एक किशोरीले आफ्नै प्रेमीमाथि छुरा प्रहार गरेकी छिन्।

छुरा प्रहारबाट २४ वर्षीय अशोक कुमार महतो गम्भीर घाइते भएका छन् भने छुरा हानेपछि भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

स्थानीय गोलबजार नगरपालिका–१३ निवासी महतो हाल वडा नं–४ मा रहेको दिनेश साहको घरमा भाडामा बस्दै आएका थिए।

उनलाई तत्कालै गोलबजारस्थित भूमिजा अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार, आक्रमणपछि भाग्ने क्रममा लडेर घाइते भएकी किशोरीको पनि उपचार गोलबजारकै लाइफ लङ अस्पतालमा गरिएको थियो।

उपचारपछि उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, सिरहा ल्याइएको छ।

घटनाबारे पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वीरेन्द्रकुमार पासवानले प्रेमी भनिएका युवकमाथि किशोरीबाट आक्रमण भएको पुष्टि गरे।

यद्यपि आक्रमणको कारण भने अहिलेसम्म नखुलेको उनले बताए। ‘घटना भएको पुष्टि भएको छ, तर के कारणले यस्तो भयो भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्नेछ,’ डीएसपी पासवानले भने।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार