काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अनुशासनको समस्याले नेपालीहरु पीडित रहेको बताएका छन् ।
शनिबार ललितपुरमा आयोजित ११ औं विश्व योग दिवस, २०२५ को मूल समारोह कार्यक्रममा बोल्दै उनले अनुशासन योगको पहिलो सुत्र रहेको बताउँदै अनुशासनमा बस्न नसके ज्ञान पनि काम नलाग्ने बताएका हुन् ।
उनले भने, ‘योग भन्नेवितिकै अनुशासनको कुरा आउँछ । आज नेपाली समाज पीडित के मा छ भने अनुशासनको समस्याले गर्दा छ । अनुशासन योगको पहिलो सुत्र हो । अनुशासनमा बस्न सकिएन भने ज्ञान, ध्यानले केही पनि हुँदैन । ध्यान गर्दा पनि अनुशासन चाहिन्छ, हरेक चिजको अनुशासन हुन्छ ।’
प्रधानमन्त्री ओलीले अहंकारधारीहरुले योगको यम र नियममात्र बुझिदिए देशमा हिंसा नहुने बताए । ‘यदी हतियारधारीहरुले, अहंकारधारीहरुले यम र नियममात्र बुझिदिए हतियारबाट केही खतरा हुन्न् । बन्दुक आफै पड्किदैन । त्यसमा गोली हुन्छ । त्यो बहुतै खतरनाक हुुन्छ । अहंकारले हतियार बनाउँछ त्यसले विनास गर्छ र विनासमा रमाउँछ,’ उनले भने ।
प्रतिक्रिया