वरिष्ठ मुटुरोग विशेषज्ञ डा अनिल र वरिष्ठ कलाकार आचार्य सम्मानित

बुधबार, ०४ भदौ २०८२

काठमाडौँ  : नेपाल प्रहरी श्रीमती सङ्घले आज ४१औँ वार्षिकोत्सवका अवसरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा ओम मूर्ति अनिल र वरिष्ठ कलाकार हरिवंश आचार्यसहितलाई सम्मान गरेको छ । 

प्रहरी महानिरीक्षक दीपक थापाले उनीहरुलाई दोसल्ला ओढाएर कदरपत्रसहित सम्मान गरेका हुन् । सम्मानित हुने समाजसेवी उत्तम पुडासैनी र रामबहादुर न्यौपानेसमेत रहेका छन् । 

कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम उपयोग गर्दै सङ्घले आफ्नो स्थापनाकालदेखि मानवसेवा एवं समाजसेवामा समर्पित भई उल्लेखनीय कार्यहरू गर्दै आएको बताए । 

उनले आगामी दिनमा अझ निःस्वार्थ भावले सामाजिक, मानवीय एवम् परोपकारी सेवा प्रवाहमा निरन्तर रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती सङ्घका संस्थापक अध्यक्ष वसुन्धरा लामाले नेपाल प्रहरी श्रीमती सङ्घकी महासचिव अनुश्री पाख्रिन, सामाजिक अभियन्ता कविता पौडेल पन्त, प्रहरी उपरीक्षक वसुन्धरा खड्का र प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई सम्मानपत्र प्रदान गरिन् । 

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष रूपा थापाले सङ्घका विभिन्न कार्यहरूमा सहयोग पु¥याउने सङ्घका पदाधिकारी एवं प्रहरी कर्मचारीलाई प्रशंसापत्र प्रदान गरिन् ।

कार्यक्रममा सङ्घ तथा प्रदेशद्वारा गरिएका विविध कार्यक्रम तथा गतिविधि समेटिएको वृत्तचित्र समेत प्रस्तुत गरिएको थियो । 
 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार