युवाहरुले अमेरिका जान र रसियन सेनामा भर्ना हुन करोडौं खर्च गर्दैछन् - सुमना श्रेष्ठ

शनिबार, ०७ असार २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले शनिबार प्रतिनिधिसभाको बैठकमा युवाको भविष्य, वैदेशिक रोजगारी र राज्यको उत्तरदायित्वबारे गम्भीर प्रश्न उठाएकी छन् ।

संसदमा धारणा राख्दै सांसद श्रेष्ठले युवाहरूको ठूलो संख्या रसियन सेनामा सहभागी भइरहेको विषयलाई लिएर चिन्ता व्यक्त गरिन् । उनले भनिन्, ‘यी विषयहरु सदनमा पटक–पटक उठेका कुराहरू हुन् । युवाहरू रसियन आर्मीमा गइरहेका छन् ।

उनले सरकारको मौनताप्रति प्रश्न उठाउँदै भनिन्, ‘जनताले सदनमा आफ्नो आवाज नसुन्ने हो भने कहाँ गएर सुनाउने? हाम्रो लोकतन्त्रको अभ्यास यही होइन ?’ श्रेष्ठको भनाइमा संसद जनताको आवाज बोल्ने, सुन्ने र कार्यान्वयन हुने ठाउँ हो भन्ने विश्वास अझै कायम रहनुपर्ने धारणा थियो ।

श्रेष्ठले अमेरिका लगायत विदेश जान लाखौं–करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्थालाई पनि गम्भीर रूपमा उठाइन् । ‘कहिलेसम्म हाम्रा युवाहरू हाम्रो देशमा एक करोड खर्च गरेर अमेरिका जान तयार हुन्छन ? यसमा छानबिन गर्नु पर्दैन ?’ उनको प्रश्न थियो ।

उनले सरकार जनताको लागि हो कि शक्ति भएका व्यक्तिहरूको लागि भन्दै प्रश्न गरिन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार