समाजलाई अगाडि बढाउन महिलाकोे विशेष भूमिका : उपप्रधानमन्त्री सिंह

बुधबार, ०४ भदौ २०८२

काठमाडौँ  : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले समाजलाई अगाडि बढाउन महिलाको विशेष भूमिका रहेको बताए ।

कांग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ काठमाडौँ क्षेत्र नं १ ले आज आयोजना गरेको ‘तीज विशेष’ कार्यक्रममा उनले मुलुकको राजनीतिक परिवर्तनमा महिलाको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।

उनले तीजको मान्यतालाई तलमाथि नपर्ने गरी, मौलिकता नविर्सिकन मनाउनुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले चेलीबेटीले तीजमा गीत र नृत्यमार्फत सुखदुःख अभिव्यक्त गर्ने परम्परा रहेकाले तीज मनाउँदा यसको मौलिकता विर्सन नहुने बताए ।

उपप्रधानमन्त्री सिंहले तीज मनाउँदै गर्दा यसरी भेला भएर गाउन पाउने, नाच्न पाउने अधिकारका लागि विशेष गरी नेपाल महिला सङ्घ र त्यसको संस्थापक मङ्गलादेवी सिंहको योगदानको स्मरण गरे ।

पुरुषसरह सम्पूर्ण अधिकार प्राप्त गर्ने मात्र होइन की अधिकारसँगै आफूले पूरा गर्नुपर्ने जिम्मेवारीमा पनि महिला सजग हुनुपर्छ । उनले भने, 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार