बिर्तामोडमा ट्रकमा आगलागी, पाँच लाख बराबरको क्षति

बुधबार, ०४ भदौ २०८२

बिर्तामोड : झापाको बिर्तामोड नगरपालिका–५ सुगम पेट्रोल पम्प नजिक पार्किङ गरी राखिएको ट्रकमा बुधबार साँझ आगलागी हुँदा करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको छ।

प्रहरीका अनुसार ना ४ ख ४१८१ नम्बरको ट्रकमा तार सर्ट भई आगलागी भएको थियो। आगलागीबारे सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

स्थानीयवासीको सहयोग र मटरको पानी प्रयोग गरी प्रहरीले आगो नियन्त्रणमा लिएको थियो।

आगलागीबाट ट्रकको कागजातसहित अगाडिको भाग र इन्जिन आंशिक रूपमा जलेको छ। प्रारम्भिक अनुमान अनुसार करिब पाँच लाख रुपैयाँ बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार