इटहरी : समाजसेवामा निरन्तर सक्रिय लायन्स क्लब इन्टरनेशनल, जोन XVI अन्तर्गतका चार क्लबले संयुक्त रूपमा इटहरी–खनारस्थित भानु आधारभूत विद्यालय, सिमरबोनामा शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका छन्।
लायन्स क्लब अफ इटहरी ग्रीन सिटी, लायन्स क्लब अफ मनकामना, लायन्स क्लब अफ न्यू भिजन र लायन्स क्लब अफ बीपी चोक सेन्ट्रलले विद्यार्थीलाई कापी, कलम र खेलकुद सामग्री हस्तान्तरण गरे।
विद्यालयको आवश्यकतालाई ध्यानमा राखी गरिएको सहयोगले विद्यार्थीहरू उत्साहित बनेका छन्। कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ इटहरी ग्रीन सिटीकी अध्यक्ष शान्ता कोइरालाले गरिन्।
प्रमुख अतिथि लायन्स इन्टरनेशनल, डिस्ट्रिक्ट 325C का डिस्ट्रिक्ट गभर्नर PMJF लायन बबरजंग थापाले विद्यालयमै स्रोत साधन जुटाएर सहयोग गर्नु प्रशंसनीय रहेको बताए।
उनले नयाँ स्थापित लायन्स क्लब अफ मनकामना र छोटो समयमै प्रभावशाली काम अघि सारेको लायन्स क्लब अफ न्यू भिजनलाई विशेष प्रशंसा पनि गरे।
विशेष अतिथि वडा अध्यक्ष केशवप्रसाद कोइरालाले विपन्न वर्गका विद्यार्थीले सहयोग पाउनु अत्यन्तै सह्रानीय भएको बताए।
कार्यक्रममा फस्ट लेडी रञ्जना पोख्रेल, एरिया कोअर्डिनेटर रोशन बुढाथोकी, LCIF डिस्ट्रिक्ट चिफ थानेश्वर ढकाल, एरिया IV चिफ भोजराज दाहाल, रिजन चेयरपर्सन भुपराज पुरी, जोन चेयरपर्सन नारायण सुवेदी, समाजसेवी एकराज कोइरालालगायत लायन्स क्लबका पदाधिकारीहरूको उपस्थिति थियो।
स्वागत मन्तव्य लायन्स क्लब अफ मनकामना अध्यक्ष सिनेट रिजालले राखे भने सञ्चालन लायन्स क्लब अफ न्यू भिजन अध्यक्ष सुरेश धमलाले गरे। धन्यवाद ज्ञापन समन्वयकर्ता शान्ता कोइरालाले गर्दै शिक्षा क्षेत्रमा लगानी गर्नु भविष्यमा फलदायी हुने विश्वास व्यक्त गरिन्।
विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकहरूको उत्साही सहभागितामा सम्पन्न कार्यक्रमले विद्यार्थीको शैक्षिक मात्र नभई शारीरिक विकासमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया