भक्तपुर : ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले नेपाली खानालाई परिष्कृत गर्दै अन्तर्राष्ट्रिय बजारमा पु(¥याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।
भक्तपुरमा आयोजित भोजन लिपि स्वाद कार्यक्रमको छैटौं संस्करणको उद्घाटन गर्दै मन्त्री खड्काले नेपाली र थाई खानाका सांस्कृतिक मूल्यलाई जोड दिँदै दुबै देशबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन यस्तो कार्यक्रम महत्त्वपूर्ण हुने बताए ।
“थाई खाना नेपालीलाई र नेपाली खाना विदेशीलाई परिचित गराउनु हाम्रो साझा जिम्मेवारी हो। यसले आपसी मित्रता र सांस्कृतिक सम्बन्धलाई बलियो बनाउँछ, साथै थाईलैंडसँगको हाम्रो सम्बन्धलाई अझ प्रगाढ बनाउँछ,” मन्त्री खड्काले भने ।
उनले सुरक्षित र स्वस्थ भोजन प्रवर्द्धनका लागि नेपाल निरन्तर प्रयासरत रहेको उल्लेख गर्दै नेपाली खानालाई विश्वबजारमा परिष्कृत रूपमा प्रस्तुत गर्न सके विदेशी बजारमा प्रतिस्पर्धा गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
नेपाली–थाई मित्रताको नयाँ आयाम
कार्यक्रममा काठमाडौंस्थित रॉयल थाई दूतावासका राजदूत सुवापोंग सिरिसोर र कार्यक्रमका अध्यक्ष गणेश ढकालले पनि दुबै देशबीचको खाद्य संस्कृति सम्बन्धलाई अझ मजबुत बनाउन यस्ता पहललाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रमको संयोजन भोजन लिपि स्वाद अभियानका संयोजक देवी सपकोटाले गरेका थिए । कार्यक्रममा शेफ घनश्याम कंडेल नेतृत्वको टिमले विविध नेपाली र थाई परिकार प्रस्तुत गरेको थियो।
आगन्तुकहरूले ती परिकारहरूको स्वाद चाख्दै नेपाल–थाई संस्कृतिको मिठास एकैसाथ अनुभव गरेका थिए। सहभागीहरूले यस किसिमको आयोजनाले नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने महत्त्वपूर्ण योगदान दिने प्रतिक्रिया दिएका छन्।
प्रतिक्रिया