नेपालमा नयाँ इलेक्ट्रिक एसयूभी ‘बीवाईडी एट्टो २’ सार्वजनिक, आकर्षक मूल्यमा प्रिमियम फिचर

मंगलबार, ०३ भदौ २०८२

काठमाडौँ : नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इन्कले नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी ‘अल–न्यु बीवाईडी एट्टो २’ सार्वजनिक गरेको छ।

नाडा अटो शो २०२५ मा भव्य समारोहबीच गरिएको अनावरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, साइमेक्स इन्कका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, बीवाईडी नेपालका ब्रान्ड एम्बेसडर हरिवंश आचार्य र ब्रान्ड इन्डोर्सर अस्मी श्रेष्ठको विशेष उपस्थिति थियो।

एट्टो २ लाई कम्पनीले युवा व्यवसायी र परिवारलाई लक्षित गर्दै, सहज मूल्यमा सबैका लागि उपयुक्त इलेक्ट्रिक एसयूभीको रूपमा प्रस्तुत गरेको हो।

कम्प्याक्ट डिजाइन, सहज ह्याण्डलिङ र एसयूभीको व्यवहारिकताको संयोजनसहित यसमा बीवाईडीको विश्वप्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर समावेश छन्।

नेपालमा यसको प्रारम्भिक मूल्य रु. ४३ लाख ९९ हजार तोकिएको छ, जससँगै ७ किलोवाटको वाल–माउन्टेड चार्जर पनि उपलब्ध हुनेछ।

५१.१३ किलोवाट ब्लेड ब्याट्रीसहित आएको एट्टो २ ले एक पटक चार्जमा ३४५ किलोमिटर सम्म यात्रा गर्न सक्छ भने १०० किलोवाट मोटरले २९० एनएम टर्क उत्पादन गर्ने क्षमतासहित ० देखि १०० किलोमिटर प्रतिघण्टा वेग पुग्न ९ सेकेन्ड मात्र लिन्छ।

यसमा फुल एलईडी हेडलाइट, फ्लोटिङ रूफलाइन, आधुनिक इन्टेरियर, १२.८ इन्चको इन्टेलिजेन्ट टचस्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो, भ्वाइस असिस्टेन्ट, वायरलेस चार्जिङ लगायतका अत्याधुनिक सुविधा रहेका छन्। साथै, भेन्टिलेटेड फ्रन्ट सिट, पावर सिट अड्जस्टमेन्ट र फ्ल्याट ईभी फ्लोर डिजाइन जस्ता फिचरले यसको प्रिमियम अनुभवलाई थप उचाइमा पुर्‍याउँछ।

बीवाईडीले दाबी गरेको अनुसार, यसमा प्रयोग भएको ब्लेड ब्याट्री र सेल–टु–बडी (CTB) प्रविधिले बडी रिजिडिटी, स्पेस र सुरक्षामा नयाँ मानक कायम गरेको छ। निकेल–कोबाल्टमुक्त लिथियम आइरन फस्फेट ब्याट्रीले लामो समयसम्म टिकाउपन र उच्च सुरक्षा दिने जनाएको छ।

यसरी, बीवाईडी एट्टो २ ले नेपाली बजारमा मूल्य, डिजाइन, सुरक्षा र प्रविधिको सन्तुलित संयोजन प्रस्तुत गर्दै कम्प्याक्ट इलेक्ट्रिक एसयूभी चाहने ग्राहकका लागि आकर्षक नयाँ विकल्प ल्याएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार