एनआईसी एशिया बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्म विशेष छुट

आइतबार, ०८ भदौ २०८२

एनआईसी एशिया बैंकका ग्राहकका लागि ल्याण्डमार्क होटल एण्ड रिसोर्टमा विशेष छुटको व्यवस्था गरिएको छ । यस सम्बन्धमा बैंक र रिसोर्टबीच विशेष सम्झौता सम्पन्न भएको हो ।

सम्झौता अनुसार बैंकका ग्राहकले देशका विभिन्न शहरमा सञ्चालनमा रहेका ल्याण्डमार्क होटल एण्ड रिसोर्टका सेवामा डिजिटल भुक्तानी गर्दा अधिकतम १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस अन्तर्गत खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट र आवास सेवामा १५ प्रतिशत छुट उपलब्ध हुने बैंकले जनाएको छ । ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्दा मात्र छुट प्राप्त गर्न सक्नेछन् ।

पोखरा, तनहुँ, काठमाडौं, भैरहवा, भरतपुर र चितवनमा रहेका रिसोर्टबाट बैंकका ग्राहकले यो सुविधा उपभोग गर्न सक्नेछन् ।

बैंकले यस सहकार्यले आफ्ना ग्राहकलाई सहज र लाभदायी सुविधा उपलब्ध गराउनुका साथै देशमा डिजिटल भुक्तानी प्रणालीलाई प्रवद्र्धन गरी नगदरहित कारोबार संस्कृतिलाई मजबुत बनाउन सहयोग गर्ने विश्वास लिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार