सिप्रदी ट्रेडिङद्वारा Xpres-T EV फ्लिट पार्टनरलाई सम्मान

बुधबार, ०४ भदौ २०८२

काठमाडौं : टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लि.ले यस वर्षको NADA Auto Show २०२५ मा आफ्नो लोकप्रिय विद्युतीय ट्याक्सी मोडल Xpres-T EV का प्रमुख फ्लिट पार्टनरहरूलाई विशेष सम्मान प्रदान गरेको छ ।

सिप्रदीले तोयानाथ पोखरेल, जनार्दन फुयाल, बिजय श्रेष्ठ, राजु घिमिरे, कबिराज श्रेष्ठ र राजकुमार आरनलाई सम्मान गरेको हो । उनीहरुको निरन्तर योगदान, यात्रु सेवामा विद्युतीय सवारीलाई लोकप्रिय बनाउन देखाएको मेहनत र साथका लागि सम्मान गरिएको कम्पनीले जनाएको छ ।

Xpres-T EV विशेष रूपमा यात्रु सेवाका लागि डिजाइन गरिएको विद्युतीय मोडल हो। स्वरोजगारी प्रवर्द्धन साथै सञ्चालन खर्च निकै कम हुने र ईन्धनमा विदेशी निर्भरता घटाउन मद्दत गर्ने भएकाले यो सवारी अहिलेको आवश्यकताअनुसार उपयुक्त विकल्प मानिएको छ ।

भदौ ३ गतेबाट सुरु भएको NADA अटो शो 2025 भदौ ८ गते (August 19–24, 2025) सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुँदैछ ।

टाटा मोटर्सका नयाँ मोडलहरू अवलोकन गर्न र सीमित अवधिका विशेष अफरहरूको लाभ उठाउन सम्पूर्ण अटोप्रेमीहरुमा नेपालका लागि टाटाको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले अटो शो अवलोकनका लागि पनि आह्वान गरेको छ ।

3

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार