काठमाडौं : नाडा अटो शो–२०२५ को पूर्वसन्ध्यामा स्काईवेलका अधिकृत वितरक जि मोटर्स प्रा.लि. ले विशेष ‘युरोप टुर फर फ्यामिली’ स्किम सार्वजनिक गरेको छ।
कम्पनीका कार्यकारी निर्देशक पारश मणी गेलालका अनुसार नाडा अटो शो अवधिभर स्काईवेलको स्टलमा उपस्थित भई मोडल बुकिङ गर्ने ग्राहकले परिवारसहित युरोप भ्रमण तथा युरोपमै स्काईवेलको टेस्ट ड्राइभ गर्ने अवसर पाउनेछन्।
यस अफर अन्तर्गत, बुकिङ गर्ने प्रत्येक ग्राहकलाई ‘डायमन्ड नेकलेस’ (क्लासिक डाइमन्ड न्युरोडबाट डिजाइन गरिएको) उपहार दिइनेछ भने एक जना लक्की ग्राहकले रोलेक्स घडी जित्ने अवसर पाउनेछन्।
त्यस्तै, पुराना सवारीसाधन एक्सचेन्ज गरी नयाँ स्काईवेल खरिद गर्ने ग्राहकलाई विशेष बोनस रकम उपलब्ध गराइनेछ। साथै, ८.५ प्रतिशतसम्मको न्युन ब्याजदरमा लोन सुविधा र एक आर्थिक वर्षको कर छुटसमेत उपलब्ध गराइने कम्पनीका प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए।
युरोपियन बजारमा अत्यधिक लोकप्रिय स्काईवेलका प्रीमियम विद्युतीय सवारीसाधन १५० किलोवाट क्षमतायुक्त शक्तिशाली परफर्मेन्ससहित नेपालका विभिन्न भौगोलिक क्षेत्रका यात्रामा सहज हुने कम्पनीको दाबी छ।
हाल स्काईवेल ब्रान्डका सवारीसाधन जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्डसहित ६५ भन्दा बढी देशमा बिक्री हुँदै आएका छन्। नेपालमा पनि यसलाई युरोपियन गुणस्तरको प्रीमियम विद्युतीय सवारीका रूपमा प्रस्तुत गरिएको छ।
प्रतिक्रिया