मुगुमा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, आठ घाइते

सोमबार, ०९ असार २०८२

मुगु । मुगु जिल्लाको खत्याड गाउँपालिका–४ पैखुमा गए राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने आठ जना घाइते भएका छन्।

माँझचौरबाट जिउगाँतर्फ जाँदै गरेको ज १ त ५११२ नम्बरको ट्याक्टर अनियन्त्रित भई करिब सात सय मिटर तल खसेको थियो । दुर्घटनामा खत्याड–४ की ५२ वर्षीया शारदा थापाको घटनास्थलमै मृत्यु भएको हो ।

घटनामा चालकसहित अन्य सात जना घाइते भएका छन् । घाइतेमध्ये छ जनाको अवस्था मध्यम रहेको र प्रारम्भिक उपचारपछि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी माँझचौर र इलाका प्रहरी कार्यालय राता पानीबाट प्रहरी टोली घटनास्थलमा पुगेर उद्धार कार्यमा खटिएको थियो।

हाल घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ।

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार