इलाममा सडेको अवस्थामा मगरको शव फेला

शनिबार, ०७ भदौ २०८२

इलाम । इलाममा एक युवकको शव सडेको अवस्थामा फेला परेको छ । स्थायी घर झापा बरना भएका ३४ वर्षीय उदय मगर केही समयअघि उपचारका लागि माईजोगमाई–१ लप्सिबोटेमा दिदी–भेनाको घरमा बस्दै आएका थिए । गएको साउन ३० गतेदेखि हराइरहेका उनी आइतबार जङ्गलमा मृत फेला परेका हुन् ।

माईजोगमाई गाउँपालिका–१ प्रेमेजुङको जङ्गलमा घाँस काट्न गएका स्थानीयहरूले दुर्गन्ध आएको भन्दै खोजतलास गर्दा सडेको अवस्थामा उदय मगरको शव देखेपछि प्रहरीलाई जानकारी दिएका थिए । घटनास्थलमा पुग्ने क्रममा रहेका स्थानीय पत्रकार बिनु खड्काका अनुसार हाल प्रहरी र जनप्रतिनिधिहरू घटनास्थलतर्फ गइरहेका छन् ।

घटनास्थलको अवस्था हेर्दा लडेर मृत्यु भएको हुन सक्ने प्रारम्भिक आशङ्का गरिएको भए पनि वास्तविक कारणबारे अनुसन्धान अघि बढाइने जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । शव परीक्षणका लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रहरीले बताएको छ । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार