इटहरी : सामाजिक संस्था ‘पहिलो पाइला नेपाल’ सुन्दरहरैंचा शाखाले हरितालिका तीजको अवसरमा विशेष तीज मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
नगर क्षेत्रमा रहेर राष्ट्र सेवामा सक्रिय महिला सुरक्षाकर्मीलाई सम्मान गर्न आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल नं. १ बराह बाहिनी मुख्यालयकी सशस्त्र प्रहरी निरीक्षक डा. कुशुम श्रेष्ठ उपस्थित भएकी थिइन् ।
संस्थाले यस वर्षको तीजलाई फरक ढङ्गले मनाउने उद्देश्यसहित सुरक्षाकर्मी महिलाहरूसँग मिलन र सम्मान गर्ने कार्यक्रम तय गरेको संस्थाका अध्यक्ष विजय ओझाले जनाए । कार्यक्रममा सुन्दरहरैंचामा खटिने सुरक्षाकर्मी महिलाहरूलाई सम्मानपत्रकाका साथ सम्मान गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि डा.श्रेष्ठले सुरक्षाकर्मी महिलाले राष्ट्र र समाजका लागि पु¥याइरहेको योगदानको प्रशंसा गर्दै पहिलो पाइला नेपालले गरेको पहललाई उदाहरणीय रहेको उल्लेख गरेकी छिन् ।
संस्थाका पदाधिकारीहरूले शिक्षा, स्वास्थ्य, उद्यमशीलता तथा अन्य सामाजिक कार्यमार्फत समाजको उन्नयनका लागि निरन्तर सक्रिय रहँदै आएको जानकारी दिँदै भविष्यमा पनि यस्तै सकारात्मक सामाजिक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा सुन्दरहरैंचा नगरका विभिन्न संघ–संस्थाका प्रतिनिधि, सुरक्षाकर्मी महिला तथा स्थानीय वासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । उनीहरूले संस्थाले नयाँ कार्यक्रमको आयोजना गरेर उदाहरण प्रस्तुत गरेको बताए ।
प्रतिक्रिया