श्रीमती दुईतीन जना पाइएला तर बाबुआमा एउटै हुन्छन् : हरिवंश आचार्य

शनिबार, ०७ भदौ २०८२

काठमाडौँ : युवामा उद्यमशीलता विकास, नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकासमा सहयोग पुर्‍याउने उद्देश्यले शनिवार ‘काठमाडौँ युथ कन्क्लेभ २०२५’ आयोजना गरिएको छ । 

युवाहरूलाई जोड्न र आवश्यक नेतृत्व, उद्यमशीलता विकास, व्यवस्थापकीय र औद्योगिक सीपहरूद्वारा सशक्त बनाउनको लागि आदर्श प्लेटफर्मको रूपमा कन्क्लेभको आयोजना गरिएको हो । 

कन्क्लेभमा सम्बोधन गर्दै चर्चित हाँस्य कलाकार हरिवंश आचार्यले छिटो बितिजाने अमूल्य जीवनलाई जतन र माया गरेर अगाडि बढाउनुपर्ने बताए । 

‘पानी र जवानी कहिल्यै पनि राकिदैन । पानी र जवानी भनेको साँच्चै नै फास्ट ट्रेन चलेको जसरी जीवन जान खोज्ने रहेछ ।

स्कुल भर्ना भएको भर्खर एक महिना जस्तो लाग्छ, एसइई परीक्षा भर्खरै जस्तो लाग्छ तर जिन्दगी यति छिटो फास्ट फास्ट भएर गइरहेको छ । यो अमूल्य जीवनलाई एकदमै जतन गरेर असाध्यै माया गरेर अगाडि बढाउन पर्छ’ । 

त्यस्तै उनले बुबाको मुख हेर्ने दिनको शुभकामना दिँदै हरेक दिन बुबा आमालाई पुज्नपर्ने बताए । उनले बाबुआमाको सबैभन्दा ठूलो सपना भनेको छोराछोरीले संसार जितोस् भन्ने रहेको पनि सुनाए । 

‘फार्दश डे, मदर्श डे आज एक दिन मनाएर मात्र पुग्दैन । हरेक जीवनभर फादर्श र मदर्श डे मनाइरहनुपर्छ । बाबुआमाको सबैभन्दा ठूलो सपना भनेको नै छोराछोरी हो ।

बाबुआमा भनेको संसारमा कोहीसँग पनि हार्न चाहँदैनन् । तर आफ्नो सन्तानले सधैँ जितोस् भन्ने चाहन्छ ।  श्रीमती भन्ने कुरा दुई तीन जना पाइन्छ तर बाबुआमा भन्ने कुरा एउटा मात्र पाउने भएकाले उहाँहरूप्रति सधैँ सम्मान गर्नुपर्छ’ उनले भने  । 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार