संखुवासभा : नेपाली कांग्रेस संखुवासभाले आफ्ना नेता तथा पूर्वमाननीय स्व. लिलानाथ दाहालको ३७ औँ स्मृतिसभा शनिबार खाँदबारीस्थित पार्टी कार्यालयमा आयोजना गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री एवं कांग्रेस केन्द्रीय आमन्त्रित सदस्य दीपक खड्काले स्व. दाहालको योगदान, व्यक्तित्व र राजनीतिक यात्राबारे स्मरण गरे। उनले दाहालले नेपालको राजनीतिक इतिहासमा पुर्याएको भूमिकालाई अद्वितीय र प्रेरणादायी बताउँदै उहाँसँग आफ्नो पारिवारिक सम्बन्ध समेत रहेको उल्लेख गरे।
मन्त्री खड्काले दाहालले तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापालाई पराजित गरेको ऐतिहासिक प्रसङ्गसमेत स्मरण गरे। उनले भने, “७० सालमा म निर्वाचित हुँदा ठीक ५५ वर्षअघि स्व. दाहाल पनि निर्वाचित हुनुभएको थियो। दाहालज्यू ४० वर्षको उमेरमा सांसद बन्नुभएको थियो भने म पनि सोही उमेरमा निर्वाचित हुन पाएँ, यो मेरो लागि गर्वको क्षण हो।”
स्मृतिसभामा खाँदबारी नगरपालिकाका प्रमुख महेश थपलियासहित नेपाली कांग्रेस संखुवासभाका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
प्रतिक्रिया