बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर गर्नुपर्छ’

शनिबार, ०७ भदौ २०८२

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर र सम्मान गर्नुपर्ने बताएका छन् ।

शनिवार बुबाको मुख हेर्ने दिनको अवसरमा शुभकामना दिँदै उनले बुबाको मुख हेर्ने दिन परम्परामा पितृ सम्मानको प्रतिकात्मक दिन भएपनि बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर गर्नुपर्ने बताए ।

आजको दिन टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने गरेको उनको भनाई छ ।

उनले भने, ‘बुबाको मुख हेर्ने दिन, हाम्रो परम्परामा पितृ सम्मानको प्रतीकात्मक दिन हो । बुबा आमालाई एउटा विशेष दिनमा मात्र होइन, सधैँ आदर, सम्मान गर्नु पर्छ ।

टाढा रहेका छोराछोरी पनि यस दिन बुबाको मुख हेर्न आउने भएकाले यो विशेष दिन भएको हो । सबैका जीवित पिताहरूलाई नमन, दिवङ्गत पितृहरूलाई श्रद्धा, बुबाको मुख हेर्ने दिन सबैलाई शुभकामना !’

यस्तै, उनले आज बिहानै आफ्नो बुबासँग आशीर्वाद लिएको भन्दै सधैँ उनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने बताए ।

उनले भने, ‘म ४ वर्षको हुँदा आमा बित्नु भयो। उहाँको अनुहारको धमिलो सम्झना मात्र मसँग बाँकी छ । आज बुबाको मुख हेर्ने दिन भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी ।

बिहानै बुबासँग आशीर्वाद लिएँ । बुबा ९६ वर्षको हुनुभयो, कान अलि कम सुन्नुहुन्छ, पुस्तक पढ्न अझै चस्मा लगाउनु पर्दैन, नजिक सम्मका हिँडडुल गर्न सक्नुहुन्छ । बुबासँग एक छिन् उतिबेलाका केही प्रसङ्गमा कुरा भए । उहाँको सुस्वास्थ्य र दीर्घायुको कामना छ ।’

 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार