इटहरी : देशभरका उपमहानगरपालिकामध्ये सबैभन्दा बढी बेरुजु देखिएको सामग्री सार्वजनिक भएसंगै सुनसरीको इटहरी उपमहानगरपालिकामा बेरुजु फछ्र्यौटबारे बहस सुरु भएको छ ।
आइतबार बसेको कार्यपालिका बैठकमा मेयर हेमकर्ण पौडेलले बेरुजु लेखासम्बन्धी प्राविधिक विषय भएको बताउँदै त्यसको समाधानका लागि छुट्टै समिति गठन गर्न प्रस्ताव गरेका हुन् ।
मेयर पौडेलले लेखासमुहमा सेवा निवृत्त दुई जना कर्मचारी समेत रहने गरी समिति बनाएर बेरुजु फछ्र्यौट प्रक्रिया थाल्ने प्रस्ताव बैठकमा प्रस्तुत गरेका थिए । उनका अनुसार हालसम्मको बेरुजुमा १ अर्ब १० करोड रुपैयाँ अघिल्लो सरकारको पालादेखि रहेको छ भने आफू नेतृत्वमा आएको तीन वर्षमा १६ करोड रुपैयाँ मात्र थपिएको छ ।
बैठकमा उपमेयर संगीता चौधरीले कार्यपालिकाको निर्णयबिना खर्च गरिँदा बेरुजु बढेको आरोप लगाइन् ।
प्रतिक्रिया