जन्मकैद सजाय पाएका फरार प्रतिवादी मोरङको रानीबाट पक्राउ

शनिबार, १४ असार २०८२

मोरङ : मोरङको रानीबाट जन्मकैदको सजाय पाएका फरार प्रतिवादी पक्राउ परेका छन्।

इप्रका रानीका प्रमुख प्रहरी निरीक्षक कनिन राई र प्रहरी नायब निरीक्षक सुवास अधिकारीको संयुक्त कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

२०७७ साल माघ २० गतेको मोरङ जिल्ला अदालतको फैसला अनुसार कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका विराटनगर–१५ निवासी ३५ वर्षीय राजकुमार सहनीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सहनीलाई शुक्रवार विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाट क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पक्राउ परेपछि उनलाई इलाका प्रहरी कार्यालय रानीमा राखी आवश्यक अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार