काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले १८ बर्षको अवधिमा जिम्मेवारी सम्हालेका गृहमन्त्रीबारे छानबिन गर्नपर्ने अडान कारण राखेका छन्।
शनिबार संघीय संसद भवन बाहिर सन्चारकर्मीसँग कुरा गर्दै आफ्ना पार्टीले अघि सारेका पाँचबुँदे मागहरु पुरा नभएसम्म संसद अवरोध कायम राख्ने बताए।
उनले भने, ‘पाँच बुँदे माग स्पष्ट रुपमा दिएका छौँ। निराकरण गर्न चहान्छौँ भन्नेकुरा पनि राखिसकेका छौँ। हामी कुनै पार्टीको पछि लागेको होइनौ। १८ बर्षमा भएको १४ जना गृहमन्त्री र त्यस दौरानमा भएको क्रियाकलाप शंकास्पद गतिविधिहरुको न्यायिक वा संसदीय छानबिन समितिमार्फत सधैँकोलागि निवाकरण हुनुपर्छ भन्ने माग छ।’ उनले वर्तमान गठबन्धन सरकारले यस बिषयलाई गम्भिरतापुर्वक नलिएको आरोप लागाए।
त्यस्तै राप्रपा सांसद ज्ञानेन्द्र शाहीले ‘भिजिट भिसा’ प्रकरणका दोषीहरूलाई संसदबाट बहिष्कार गरिरहेको बताए। उनले आम नागरिकले पनि उनीहरूका समर्थकहरूलाई चिया पसलदेखि विवाह समारोहसम्म सामाजिक बहिष्कार गर्न आग्रह गरे।
उनले दोषीहरूलाई सामाजिक रूपमा एक्ल्याउन यो कदम आवश्यक रहेकोमा जोड दिए। शाहीले भिजिट भिसा प्रकरणले देशको छविमा नकारात्मक असर पारेको र यसमा संलग्न व्यक्तिहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने बताए।
‘हामीले संसदभित्रबाट बहिष्कार गरिरहेका छौँ। अब तपाईंहरू आम जनताले चिया पसलदेखि विवाह समारोहसम्म उनीहरूलाई बहिष्कार गर्नुहोस। यसले दोषीहरू र उनीहरूका समर्थकहरूलाई सामाजिक रूपमा एक्लो महसुस हुनेछ र यस्ता कार्यहरू भविष्यमा दोहोरिने छैनन्। यस्ता भ्रष्टचारीलाई देश निकाला गर्नपर्छ,’ उनले भने।
प्रतिक्रिया