कप्तान सावित्रा भण्डारीको ह्याट्रिक प्रदर्शनसँगै नेपालले एएफसी महिला एसियन कप छनोट प्रतियोगितामा दोस्रो जित हात पार्दै उत्कृष्ट लय कायम राखेको छ।
बुधबार उज्वेकिस्तानको राजधानी तास्केन्दस्थित मिली रंगशालामा सम्पन्न समूह ‘एफ’ को दोस्रो खेलमा नेपालले श्रीलंकालाई ८–० ले पराजित गर्दै समूहमा शीर्षस्थान सुरक्षित गरेको हो ।
नेपालको जितमा सावित्रासँगै गिता रानाले दुई गोल गरिन् भने निशा थोकर, रेखा पौडेल र पूजा रानाले एक–एक गोल गरे।
यसअघि नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई ९–० ले हराएको थियो। दुई खेलमा नेपालले कुल १७ गोल गर्दै एक पनि गोल नखाएको छ, जुन टोलीको बलियो फर्म र रक्षात्मक रणनीतिमा पनि सफलता दर्शाउँछ।
कप्तान सावित्रा भण्डारीले लगातार दोस्रो खेलमा प्रभावशाली प्रदर्शन गरेकी छन्। ह्याट्रिकसहितको उत्कृष्ट नेतृत्वले नेपाली टोलीलाई उच्च मनोबल दिएको छ।
प्रतिक्रिया