धुलोले उठिवास लगाएको भन्दै मदन भण्डारी राजमार्ग अवरुद्ध

सोमबार, ०१ मंसिर २०८२

झापा । धुलोका कारण आफूहरुको उठिवास लागेको भन्दै दमकका स्थानीयवासीले मदन भण्डारी राजमार्ग अवरुद्ध गरेका छन्। 

दमकका बासिन्दाले बेलडाँगी–१ देखि बाघखोर चोकसम्म करिब डेढ किलोमिटर सडक खण्ड बन्द गरेका हुन्। 

दमक नगरपालिका–२ र ३ मा पर्ने उक्त सडक खण्ड लामो समयदेखि कालोपत्रे नगरिएको र पानी छर्कने कार्य समेत नगरिँदा अत्यधिक धुलो उड्ने समस्या उत्पन्न भएको स्थानीयहरूको भनाइ छ। 


धुलोले दैनिक जीवनमै गम्भीर असर पर्न थालेपछि आज बिहान ८ बजेदेखि स्थानीयले बाँसको बार राखेर सवारी आवागमन पूर्ण रूपमा रोकिदिएका छन्।


वडा नं.–३ का राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति केशव भण्डारीसहित करिब १५ जनाले राजमार्ग अवरुद्ध गरेको बताइएको छ।


स्थानीयहरूले सम्बन्धित निकाय तथा ठेकेदारले घटनास्थलमा आएर लिखित सहमति नगरेसम्म बाटो नखोल्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार