रौतहट : धारिलो हतियार प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा बारा प्रहरीले पतिलाई पक्राउ गरेको छ ।
कलैया उपमहानगरपालिका – १० मटिअर्वा बस्ने ३५ वर्षीय बच्चा मियाँलाई प्रहरीले पक्राउ गरेको हो । आफ्नै घरमा घरायसी विवादको क्रममा बुधवार दिउँसो करिब ३ः१५ बजे मियाँले पत्नी सहिना खातुनलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी प्रेस विज्ञप्ति धारिलो हतियार प्रहार गरी खातुनको हत्या गरेको उल्लेख्य छ । बारा प्रहरीका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार घरायसी विवादका क्रममा पति मियाँ मासु काट्ने दाउ (धारिलो हतियार) प्रयोग गरी सहिनाको टाउको र गर्दनमा प्रहार गर्दा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी मटिअर्वाबाट प्रहरी टोली तत्काल घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धानपछि अभियुक्त मियाँलाई पक्राउ गरेको उनले जानकारी दिए । प्रहरीले हत्यामा प्रयोग भएको दाब पनि बरामद गरेको छ । यस घटनाका बारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया