झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । शौचालय गएका पुरुषलाई बिहीबार बिहान हात्तीले आक्रमण गरेको थियो ।
झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बिर्तामोड नगरपालिका–७ फक्तालुङ्गका ५९ वर्षीय लोकप्रसाद लिम्बूको मृत्यु भएको बताए । शौचालय जानलाई घर बाहिर आँगनमा निस्किएका बेला लिम्बूलाई बिहान ३ः४५ बजेतिर हात्तीले आक्रमण गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बूलाई आक्रमण गरेपछि हात्ती दक्षिणतर्फ लागेको थियो । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी खड्काले बताए ।
प्रतिक्रिया