यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी (नामावलीसहित)

विहीबार, १९ असार २०८२

काठमाडौं । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । बुधबार राति न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र डा. मनोज शर्माको इजलासले ती पदाधिकारीहरूको नियुक्ति संविधानसम्मत ठहर गरेको हो ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा कुमार चुडाल र डा नहकुल सुवेदीको संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ भएको थियो । उक्त इजलासमा भएका न्यायाधीशहरूमध्ये वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरु शर्मा र डा. चुडालले रिट खारेज हुने पक्षमा राय दिएपछि प्रधानन्यायाधीश राउत र न्यायाधीश डा. सुवेदीकाे बदर हुनुपर्ने राय अल्पमतमा परेको हो ।

सरकारले विसं २०७७ र २०७८ मा दुई चरणमा गरी अध्यादेशमार्फत विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो ।

यी हुन् नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

२०७७ माघ २१ मा नियुक्ति लिएका ३२ पदाधिकारीहरूः

अख्तियार दुरुपयोग अनुसन्धान आयोग
१ प्रेमकुमार राई, प्रमुख आयुक्त
२. किशोरकुमार सिलवाल, आयुक्त,
३. जयबहादुर चन्द, आयुक्त

निर्वाचन आयोग
१. रामप्रसाद भण्डारी – आयुक्त,
२. डा. जानकीकुमारी तुलाधर –आयुक्त

राष्ट्रिय मानवअधिकार आयोग
१. श्री तपबहादुर मगर अध्यक्ष
२. डा. सूर्यप्रसाद शर्मा ढुङ्गेल, आयुक्त
३. मिहिर ठाकुर, सदस्य
४. मनोज दुवाडी, सदस्य
५. लिली हजुर बस्न्यात

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१. जुद्धबहादुर गुरुङ, सदस्य
२. अमरराज मिश्र, सदस्य

राष्ट्रिय महिला आयोग
१. कमलाकुमारी पराजुली, अध्यक्ष
२. कृष्णकुमारी पौडेल, सदस्य
३. विद्याकुमारी सिन्हा, सदस्य

राष्ट्रिय दलित आयोग
१. देवराज विश्वकर्मा, अध्यक्ष
२. मीना देवी सोब, सदस्य
३. टुंजे कामी, सदस्य
४. मेहले पार्की, सदस्य

राष्ट्रिय समावेशी आयोग
१. रामचन्द्र जोशी, सदस्य
२. हरिदत्त जोशी, सदस्य

आदिवासी जनजाति आयोग
१. रामबहादुर थापामगर, अध्यक्ष
२. डा. मीनबहादुर श्रीस, सदस्य
३. श्रीमती रिना राना, सदस्य
४. शरण राई, सदस्य

मधेसी आयोग
१. जीवछ साह,सदस्य
२. श्रीमती रेणुदेवी साहर, सदस्य
३. विजयकुमार गुप्ता, सदस्य

थारु आयोग
१. सुवोधसिंह थारू, सदस्य
२. भोलाराम चौधरी, सदस्य

मुस्लिम आयोग
१. महमदिन अलि, सदस्य
२. मिर्जा अर्सद वेग, सदस्य

२०७८ असार १० मा नियुक्त भएका २० पदाधिकारी

१. डा. हरि पौडेल, बाग्लुङ– आयुक्त, अख्तियार दुरुपयोग अनुन्धान आयोग
२. डा. सुमित्रा श्रेष्ठ (ब्यान्जू), ललितपुर – आयुक्त, अख्तियार दुरूपयोग अनुसन्धान आयोग
३. माधवप्रसाद रेग्मी, झापा– अध्यक्ष, लोक सेवा आयोग
४. माधव वेल्बासे, कपिलवस्तु– सदस्य, लोक सेवा आयोग
५. बीरबहादुर राई, इलाम– सदस्य, लोक सेवा आयोग
६. दिनेश सिलवाल, ललितपुर– सदस्य, लोक सेवा आयोग
७. मञ्जुकुमारी, महोत्तरी – सदस्य, लोक सेवा आयोग
८. सगुनशमशेर जवरा, रुपन्देही– आयुक्त, निर्वाचन आयोग
९. विपिनराज निरौला, पाँचथर– सदस्य, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
१०. जया घिमिरे, धनुषा– सदस्य, राष्ट्रिय महिला आयोग
११. सावीत्राकुमारी शर्मा, पर्वत– सदस्य, राष्ट्रिय महिला आयोग
१२. सुन्दर पुर्कुटी, काठमाडौं– सदस्य, राष्ट्रिय दलित आयोग
१३. डा. रामकृष्ण तिमल्सेना, कास्की– अध्यक्ष, राष्ट्रिय समावेशी आयोग
१४. पुष्पराज तिमिल्सिना, पर्वत– सदस्य, राष्ट्रिय समावेशी आयोग
१५. मानप्रसाद खत्री, बझाङ – सदस्य, राष्ट्रिय समावेशी आयोग
१६. सूर्यबहादुर गुरूङ, खोटाङ – सदस्य, आदिवासी जनजाति आयोग
१७. श्रीमती आभा कुमारी, सप्तरी– सदस्य, मधेशी आयोग
१८. डा. उमाशंकरप्रसाद चौधरी, नवलपरासी – सदस्य, थारू आयोग
१९. शान्ती मोदी, मोरङ –सदस्य, थारू आयोग
२०. मोहम्मद समशुल हक, सर्लाही –सदस्य, मुस्लिम आयोग

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार