एजेन्सी । गाँजा पट्टीमा घाइते भएकाहरू चिकित्सा उपचारका लागि जोर्डन आइपुगेका छन् । जसमध्ये १९ जना बालबालिका छन् ।
जोर्डनको स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठनको समन्वयमा ४० परिवारका सदस्यहरूलाई व्यावसायिक चिकित्सा टोलीहरूबाट उपचार प्राप्त गर्नेछन् ।
बिरामी वा घाइतेहरूलाई स्थानीय सार्वजनिक र निजी अस्पतालहरूमा स्थानान्तरण गरिनेछ । उपचारपछि उनीहरूलाई तुरुन्तै गाँजा फिर्ता पठाइनेछ ।
‘हामी जोर्डन आइपुगेका छौँ, बाटोमा संलग्न सबैले गरेको प्रयास र हेरचाहको लागि हामी आभारी छौँ। यात्रा आरामदायी रह्यो र हामी सुरक्षित रूपमा आइपुग्यौँ। हामी जोर्डनमा उपचार पूरा गर्ने आशा गर्छौँ,’ एक बिरामीको परिवारका सदस्यले भने ।
‘मेरो छोरा विस्फोटक गोली लागेर घाइते भएको थियो । जसको १० सेन्टिमिटरको हड्डी भाँचिएको थियो । थप उपचारबारे अनिश्चित छु । उसको उपचार जोर्डनमा वा जर्मनीमा गरिनेबारे थाहा छैन’ अर्का बिरामी परिवारले सिसिटिभीसँग भने ।
यस वर्षको फेब्रुअरीमा गाँजाबाट दुई हजार गम्भीर घाइते वा बिरामीहरूलाई उपचार गर्ने पहल जोर्डनले अगाडि बढाएको थियो । मार्चदेखि यता २४६ जनालाई उपचार गरिएको जनाइएको छ ।
यद्यपि, प्राविधिक र बन्दोबस्तका चुनौतीहरूका साथै इजरायलले लगाएको प्रतिबन्धात्मक उपायहरूका कारण, प्रक्रियालाई अगाडि बढाउन केही अवरोधहरू आएको जनाइएको छ ।
विशेष गरी, इजरायलले गरेको निरन्तर सैन्य कारबाहीले गर्दा यातायातको असुविधा र एकै ठाउँमा भेला गराउन समस्या भइरहेको जनाइएको छ ।(सीसीटीभीप्लस)
प्रतिक्रिया