इटहरी : इटहरीस्थित आकाश इन्स्टिच्युट प्रा.लि.ले एसइइ परीक्षा दिएर ब्रिज कोर्ष तथा तयारी कक्षामा अध्ययनरत विद्यार्थीहरूको लागि बिदाइ कार्यक्रम सम्पन्न गरेको छ। नेपाल सरकारको शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त यो शैक्षिक परामर्श संस्थाले विगत वर्षदेखि निरन्तर रुपमा पूर्वतयारी कक्षा तथा ब्रिज कोर्ष सञ्चालन गर्दै आइरहेको छ।
कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेशकुमार साहले इटहरीले पछिल्लो समय शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताए। उनले विद्यार्थीका लागि छात्रवृत्तिका आवेदन फारम खुलाइएको जानकारी गराउँदै नगरपालिकाले सबै वर्ग र तहका विद्यार्थीलाई लक्षित गरी शैक्षिक पहुँच विस्तारमा विशेष ध्यान दिएको उल्लेख गरे।
_TVvzNvt7W1.jpg)
बिदाइ कार्यक्रममा सहभागी अभिभावक, शिक्षक र विद्यार्थीहरूले कक्षा ११ र १२ लाई भविष्यको जगको रूपमा लिएर निर्णय लिनुपर्नेमा जोड दिएका थिए। उनीहरूले विद्यार्थीले समाजको दबाब वा लहरको पछि नलागी आफ्नै रुचिअनुसारको विषय रोज्नुपर्नेमा विशेष जोड दिएका थिए।
सो अवसरमा संस्थाले आयोजना गरेका हाजिरीजवाफ, फूटसल जस्ता विविध प्रतियोगिताका विजेता र सहभागीलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गरिएको थियो। कार्यक्रमका कार्यकारी सञ्चालक गोपाल निरौलाले इन्स्टिच्युटले विद्यार्थीको शैक्षिक विकासमा निरन्तर योगदान दिँदै आएको जानकारी दिए।
_pkRL4LCq7j.jpg)
उनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास अभिवृद्धि गर्नुका साथै अध्ययनप्रति सकारात्मक दृष्टिकोण विकास गर्न महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रममा सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति पनि समावेश गरिएको थियो।
_HPxFTdVyKK.jpg)
_9rxkKG49vC.jpg)
_TcaD5IBhz8.jpg)
_5d0QhtaW30.jpg)
_fh0gRdfHVO.jpg)

_X0cG50br0k.jpg)
_YFRQN0DG4n.jpg)
_RU9Z7lSNhM.jpg)
प्रतिक्रिया