विपक्षी दलका विरोधका कारण चौथो दिन पनि मधेस प्रदेशसभा बैठक अवरुद्ध

बुधबार, २५ असार २०८२

जनकपुरधाम :  मधेस प्रदेशसभाको बैठक आज चौथो दिन पनि विपक्षी दलका विरोधका कारण अवरुद्ध भएको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), सङ्घीय समाजवादी पार्टी, राप्रपा नेपाल, नागरिक उन्मुक्तिलगायतले तीन दिनदेखि बैठकमा विरोध जनाइरहेका छन् । भोलि बिहीबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको छ ।

प्रदेशसभा बैठकको सुरुमै प्रमुख प्रतिपक्षी दल जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले बजेट वक्तव्यमा असमान र बिचौलियाको प्रवेश रहेकाले माग पूरा नभएसम्म सदन चल्न नदिने बताP । बजेटमा व्याप्त असन्तुष्टीका कारण विपक्षी दलहरूले बजेट पुनर्लेखनको माग गर्दै सदन अवरुद्ध गर्दै आएका हुन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार