काठमाडौँ : करेन्ट नुडल्सको अपार सफलतासँगै हस्पिटालिटि क्षेत्रमा पनि हात हालेको यशोदा ग्रुपले व्यवसाय विस्तार गर्ने क्रममा करेन्ट पाेइन्टकाे दोस्रो शाखा काठमाडौँको अनामनगरमा व्यावसायिक सुरुवात गरेको छ ।
करेन्ट नुडल्सकी ब्रान्ड एम्बेसडर अभिनेत्री केकी अधिकारीले एक कार्यक्रमका बिच शुक्रवार अनामनगरमा आउटलेटकाे उद्घाटन गरेकी हुन।
करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले आफ्ना सम्पूर्ण नुडल्सका परिकारहरू ग्राहकलाई तयार गरी खुवाउने तथा उनीहरूको तत्काल प्रतिक्रिया पनि लिने उद्देश्यका साथ नेपालमै पहिलो पटक ’करेन्ट पाेइन्ट’को सुरुवात गरेको हो । यस अघि बुटवलमा आफ्नो पहिलो आउटलेट सञ्चालनमा ल्याएको कम्पनीले नयाँ शाखाका रूपमा काठमाडौँमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको हो ।
बुटवलमा रहेको ’करेन्ट पाेइन्ट’को सफलता र काठमाडौँवासी आम उपभोक्ताहरूकाे निरन्तर मागलाई ध्यानमा राख्दै कम्पनीले कम्पनीले शुक्रवारदेखि अनामनगरमा आफ्नो दोस्रो आउटले तथा काठमाडौँ उपत्यकाको पहिलो आउटलेटका रूपमा ’करेन्ट पाेइन्ट’ सञ्चालनमा ल्याएको कम्पनीका कर्पोरेट हस्पिटालिटि जनरल म्यानेजर राजेश खनालले बताए ।
उद्घाटन समारोहमा बोल्दै यशोदा फुड्सका अध्यक्ष चुन्न प्रसाद पौडेलले बुटवलमा ’करेन्ट पाेइन्ट’ पाएको माया र सफलताले आफूहरूलाई काठमाडौँ मा शाखा विस्तार गर्न प्रेरित गरेको बताए ।
उनले काठमाडौँ का नुडल्स पारखीहरू, खास गरी पिरो र चट्पटा स्वाद मन पराउनेहरूका लागि करेन्ट पाेइन्ट एउटा उत्कृष्ट गन्तव्य बनाउने आफूहरूको लक्ष रहेको बताए । ’करेन्ट पाेइन्ट’ उपभोक्ताहरूको स्वादको चाहना पुरा गर्नेमा आफू विश्वस्त रहेको समेत बताए ।
उक्त उद्घाटन समारोहमा बोल्दै यशोदा फुड्सका ग्लोबल सिइओ जीपी शाहले ’करेन्ट पाेइन्ट’ नेपालमै नाेलाे प्रयोग भएको बताउँदै यसले उपभोक्ता लाई आफूले नियमित उपभोग गरिरहेको नुडल्सकाे बनाउन सकिने परीकारहरूबारे तत्कालै जानकारी प्राप्त गर्नका साथै र यसको स्वाद र गुणस्तरीयता बारे जानकारी पाउने बताए । उनले करेन्ट स्न्याक्स तथा नुडल्सका रेन्जहरूको बारेमा समेत मिडियालाई विस्तृत जानकारी गराएका थिए ।
’करेन्ट पाेइन्ट’मा करेन्ट नुडल्सका विभिन्न परिकारहरू उपलब्ध हुनेछ न भने उपभोक्ताहरूले करेन्ट चाउचाउका विभिन्न परिकारहरूको फरक फरक स्वाद लिन सक्ने कम्पनीले जनाएको छ । जुन काठमाडाैवासीका लागि नयाँ समेत रहेको कम्पनीको दाबी छ। यो नयाँ आउटलेटले काठमाडाैंवासीलाई नौलो स्वादको अनुभव प्रदान गर्ने विश्वास कम्पनीले लिएको जनाएको छ ।
सन् २०१७ मा रूपन्देहीकाे तिलोत्तमामा स्थापना भएको यशोदा फुड्स प्रा. लि. नेपालको अग्रणी चाउचाउ उत्पादक कम्पनी हो। गुणस्तर र नवीनताप्रति प्रतिबद्ध यस कम्पनीले स्थापनाको छोटो समयमै नेपाली उपभोक्ताको मन जित्दै चाउचाउ उत्पादनको पुरानो ट्रेन्डलाई समेत परिवर्तन गर्न सफल भएको छ।
२०७३ सालमा स्थापना भई २०७४ सालबाट उत्पादन सुरु गरेको हो । कम्पनीले ‘करेन्ट’लाई प्रिमियम नेपाली ब्रान्डको रूपमा नेपाल लगायत विश्व बजारमै स्थापित गराई सकेको छ । रूपनदेहीकाे तिलोत्तमा तथा कपिलवस्तुको चन्दाैटामा रहेका दुई अत्याधुनिक उद्योगबाट आफ्ना उत्पादनहरू देशैभर बिक्री वितरण गर्दै आएको छ ।
प्रतिक्रिया