मालपोत कार्यालय भक्तपुरका प्रमुख साढे २४ लाख घुससहित पक्राउ

मंगलबार, ३१ असार २०८२

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्यलाई २४ लाख ५० हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ।

मङ्गलवार दिउँसो आयोगको टोलीले कार्यालयमै छापा मार्दै प्रमुख आचार्यसहित कार्यालय सहयोगी टिकाराम राउतलाई नियन्त्रणमा लिएको हो।

जग्गासम्बन्धी कामको सिलसिलामा सेवाग्राहीसँग मागिएको घुसबापत उक्त रकम लिएको भन्ने उजुरीका आधारमा आयोगले छानबिन थालेको थियो। सोही उजुरीको आधारमा कारबाही प्रक्रिया अघि बढाइएको आयोग स्रोतले जनाएको छ।

घटनास्थलबाट बरामद गरिएको रकमसहित आचार्यको दुई वटा मोबाइल फोन पनि जफत गरिएको छ। प्रारम्भिक अनुसन्धानमा कार्यालय प्रमुखकै मिलेमतोमा घुस लेनदेन गरिएको पुष्टि भएको आयोगको दाबी छ।

अख्तियारले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार