काठमाडौँ: मीना देउवाको ह्याट्रिकमा नेपालले साफ महिला यु–२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्ध फराकिलो जित निकालेको छ।
बङ्गलादेशको राजधानी ढाकास्थित वसुन्धरा किङ्स एरेनामा मङ्गलवार सम्पन्न खेलमा नेपाल ७–० ले विजयी भएको हो। नेपालको जितमा मिनाबाहेक पूर्णिमा राईले २ गोल गरिन्। समीक्षा मगर र सरिता नाथले १/१ गोल गरिन् ।
पहिलो हाफमै ५ गोल हानेको नेपालले दोस्रो हाफमा थप २ गोल गर्यो । यो जितसँगै तीन खेल खेलेको नेपालले एक मा हार र दुई जितसँगै ६ अङ्क बनाएको छ । समान तीन खेलमा तीनै जित निकाल्दै बङ्गलादेश ९ अंकसिहत शीर्षस्थानमा छ ।
यसअघि पहिलो खेलमा नेपालले भुटानलाई ६–१ ले पराजित गरेको थियो। दोस्रो खेलमा भने बङ्गलादेशसँग ३–२ गोल अन्तरले पराजित भयो । तीन खेल खेलेको श्रीलङ्का जितविहीन छ भने भुटान एक जितसहित अङ्कतालिकामा तेस्रो नम्बरमा छ ।
प्रतिक्रिया