मधेशमा खानेपानी सङ्कट : दमकलले पानी ओसार्दै, वितरण गर्न सेना खटाइयो

बुधबार, ३२ असार २०८२

काठमाडौँ : मधेस प्रदेशमा बढ्दो खानेपानी सङ्कटलाई मध्यनजर गर्दै प्रदेश सरकारले दमकल र ट्याङ्करको सहायताले पानी वितरण सुरु गरेको छ।

विशेषगरी वीरगन्ज, कलैया लगायतका सहरमा पानीको हाहाकार भएपछि प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको निर्णयअनुसार तत्काल वारुणयन्त्र परिचालन गरिएको हो।

मुख्यमन्त्री सतिशकुमार सिंहले खानेपानी अभाव समाधानका लागि आफू पूर्ण रूपमा सक्रिय रहेको जनाउँदै सङ्कटग्रस्त क्षेत्रहरूमा चौबीसै घण्टा दमकल परिचालन हुने जानकारी दिए।

पाँच हजार लिटर क्षमताका आठ वटा वारुणयन्त्र वीरगन्ज पठाइएको छ भने नेपाली सेनाले समेत व्यवस्थापन र वितरणको जिम्मा लिएको छ।

सेनाले आफूसँग भएका सात वटा ट्याङ्करबाट पानी आपूर्ति गर्ने तयारी गरिरहेको छ। यद्यपि यसअघि वन विभागले तीन वटा ट्याङ्करमार्फत सुक्खाग्रस्त क्षेत्रमा खानेपानी वितरण गर्दै आएको थियो।

प्रदेश सरकारले यो अभियानलाई तत्काल राहतको माध्यमका रूपमा अघि सारेको छ भने दीर्घकालीन समाधानका लागि पनि पहल गरिरहेको जनाएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार