नेपालको विभिन्न प्रदेशका केही जिल्लामा अहिले मौसमी प्रणाली सक्रिय रहेकाले मौसम अस्थिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेशको पूर्वी भू–भाग, गण्डकी प्रदेशका स्याङ्जा, बागलुङ र कास्की तथा कर्णाली प्रदेशका जाजरकोट, सुर्खेत, डोल्पा र मुगु (विशेषगरी सिमिकोट आसपास) का जिल्लामा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले दिएको जानकारी अनुसार अहिले देखिएको मौसमी प्रणाली क्रमशः दक्षिण–पश्चिमतर्फ विस्तार भइरहेको छ। यसका कारण प्रभावित क्षेत्र आसपासका जिल्लाहरूमा आगामी केही घण्टासम्म पनि मौसम अस्थिर रहने सम्भावना उच्च रहेको छ।
महाशाखाले बाढी, पहिरो वा चट्याङको सम्भावनालाई ध्यानमा राख्दै ती क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। यात्रामा निस्कनु पर्नेहरूलाई विशेष सावधानी अपनाउन, नदी किनार र पहिरो संभावित क्षेत्रमा नजान र मौसम अपडेटबारे जानकारी लिइरहनसमेत आग्रह गरिएको छ।
प्रतिक्रिया