योगेश भट्टराईको प्रचण्डमाथि कटाक्ष : “विपक्षी बेन्चमा पुग्दा कुलिङ अफ पिरियडको भूत किन जाग्यो?”

आइतबार, ११ साउन २०८२

काठमाडौं : नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि कडा टिप्पणी गरेका छन्। संघीय निजामती सेवा सम्बन्धी विधेयकमा ‘कुलिङ अफ पिरियड’को विषयमा प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति प्रतिक्रिया दिँदै भट्टराईले “विपक्षी बेन्चमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो?” भनेर प्रश्न गरेका हुन्।

प्रतिनिधिसभामा बोल्दै सांसद भट्टराईले प्रचण्डले संघीय निजामती सेवामा कुलिङ अफ पिरियडको व्यवस्था नहुनुमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकामाथि व्यंग्य गरेपछि आफूसहित एमाले सांसदहरूको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

१- हामी विधेयकमा कुलिङ अफ पिरियड समावेश गर्नुपर्छ भन्ने पक्षमा छौ र यो विषयको संशोधन हामीले ( सांसदहरू) नै राखेका हौ । आज पनि हामी यो अडानमा कायम छौ ।

२- तपाईंले वर्तमान प्रम केपी ओलीमाथि व्यंग्य गर्नु भएछ । तपाई कुलिङ अफ पिरियडका सम्बन्धमा 'प्रचण्ड' अडानमा हो भने मेरो प्रश्न छ २०८० फागुन ११ गते संसदमा बिधेयक दर्ता भएको बेला तपाई नै प्रम हुनुहुँथ्यों र तपाई कै अध्यक्षतामा बसेको मन्त्रिपरिषदको बैठकले यो विधेयकलाई संसदमा पेस गर्न स्वीकृति दिएको हो । जसमा कुलिङ अफ पिरियडका बारेमा कुनै व्यवस्था गरिएको छैन । यसले स्पष्ट गर्दछ कि तपाई कुलिङ अफ पिरियडका पक्षमा हुनुहुन्थेन । आज विपक्षी बेंचमा पुगेपछि एकाएक कुलिङ अफ पिरियडको भूत कसरी जाग्यो ? सांसदहरूको संशोधन प्रस्ताव पछि मात्र यो विषयको बहस शुरु भएको हो । यो तथ्यका बारेमा हेक्का रहोस ।

३- प्रतिनिधिसभाको राज्य ब्यबस्थ तथा सुशासन समितिको तपाईं वरिष्ठतम सदस्य पनि हो । जुन समितिले कुलिङ अफ पिरियड राख्ने निर्णय गरेको थियो । तर समितिको प्रतिबेदन संसदमा पेश गर्दा यो ब्यवस्थालाई तलमाथि किन गरियो ? समितिको वरिष्ठतम सदस्यका हैसियतले तपाईंमाथि पनि नैतिक प्रश्न उठ्छ होईंन र ? अनि छानबिन त तपाईमाथि नै गर्नु पर्ने हो की ? आफ्नै बोली आफैलाई गलपासो नहोस !

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार